अफगानिस्तानमा बम विष्फोटहुँदा ११ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २३, अफगानिस्तानको उत्तरी क्षेत्रमा एउटा यात्रुबाहक गाडीमा गराइएको विष्फोटमा परी ११ जनाको मृत्यु भएको छ ।
स्थानीय सरकारी अधिकारीहरुले उक्त विष्फोट चरमपन्थी संगठन तालिबानले गराएको दाबी गरेका छन् ।
अफगानिस्तानको उत्तरी प्रान्त बाड्गिसका गभर्नर हुसमुद्दिन साम्सले शनिबारको विष्फोटमा परी मृत्यु हुनेमा तीनजना बालबालिका रहेको बताएका छन् भने हालसम्म यो घटनाको कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।
तालिबानका नेता र संयुक्त राष्ट्रसंघका अधिकारीबीच शनिबार कतारमा भेटवार्ता हुनुभन्दा केही समयअघि अफगानिस्तानमा यो विष्फोट भएको हो । गत शुक्रबार सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को एक प्रतिवेदनले अफगानिस्तानमा पछिल्लो समय तालिबानले न्यायाधीश, सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई लक्षित गरी आक्रमण गर्दै आएको देखाएको छ ।
एजेन्सीहरुको सहयोगमा ।