बाल सुधार गृहको २५ जनामा कोरोना पोजेटिभ

सहयात्रा टिभी

मोरङ । जेठ २३, सुधार गृह मोरङमा रहेका एक सय ९३ जना बालक मध्ये २५ जनामा कोरोना पुष्टि भएको सुधार गृहका प्रमुख मिलन चौहानले जनाएका छन् ।

जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सुधार गृहका प्रमुख चौहानका अनुसार सङ्क्रमण पुष्टि भएका बालकहरूलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको बताईएको छ ।

त्यस्तै ५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन् भने क्षमताभन्दा चार गुणा बढी बालक रहेको सुधार गृहमा कोरोना सङ्क्रमण फैलिएको आशंका गरिएको छ ।

प्रकाशित : 6 June, 2021

प्रतिक्रिया दिनुहोस्