शेयर बजारमा उच्च बृद्धि हुने कम्पनीहरु

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार हालसम्मकै उच्च कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से ५०.१४ अंकले बढेर दुई हजार नौ सय ६ दशमलब ९१ विन्दुमा पुगेको छ ।

यसअघि २०७८ जेठ २० गते बिहिबार नेप्से दुई हजार आठ सय ७५ दशमलब ९७ विन्दुमा पुगेका थियो ।

त्यस्तै, आज १७ अर्ब २७ करोड १७ लाख बराबरको कारोबार भएको छ । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने १० कम्पनीहरुमा महिला लघुवित्त वित्तिय संस्था, गुडविल फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बंगालदेश लिमिटेड, मितेरी डेभलपमेन्ट विकास बैंक, पोखरा फाइनान्स, मेगा बैंक, नेपाल इन्फइन्ट्रक्चर बैंक र लक्ष्मि बैंक रहेका छन् ।

 

 

 

प्रकाशित : 6 June, 2021

प्रतिक्रिया दिनुहोस्