हवाइ इन्धनको मूल्य घट्यो (विज्ञप्ति सहित)

काठमाडौं । जेठ २४, नेपाल आयल निगमले निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा गएराति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य घटाउने निर्णय भएको उल्लेख गरिएको छ ।
त्यस्तै कोरोनाको कारण सिर्जित वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाइ इन्धनमा बढीमा १९ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित भएकाले साविकको विक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलोलिटरमा १७८ ले घटाइ ७१५ प्रतिकिलो लिटर अमेरिकी डलर कायम गरिएको निगमले बताएको छ ।