नाइजेरियामा बन्दुकधारीको समुहले गरे ११ जना गाउँलेको हत्या
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २४, नाइजेरियाको एक गाउँमा शनिबार राति मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गर्नुका साथै घरमा पनि आगजनी गरेका थिए ।
![](https://sahayatratv.com/wp-content/uploads/2021/06/Nigerian_Gun_shooting.jpg)
त्यस्तै नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । सो गाउँमा गरिएको आगजनीमा ठूलो क्षति भएको पनि यहाँको प्रहरीले जानकारी दिएको बताइएको छ ।
यहाँ भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । ती बन्दुकधारी को हुन् र राति अकस्मात सो गाउँमा आएर किन हमला गरेका थिए भन्ने बारेमा केही बुझ्न सकिएको छैन । एजेन्सीको साथमा ।