गोकर्णेश्वरको कृष्ण मन्दिरबाट १ फिटको पित्तलको मूर्ति चोरी

काठमाडौं । जेठ २४, गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मूर्ति चोरी भएको छ ।
महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।