प्याज खानुको फाइदाहरु यस्ता छन्
काठमाडौं । जेठ २५, प्रायजसो सबैको भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तु हो प्याज।सामान्य तरकारी होस् या मासुका परिकारमा त प्याज नभइ हुँदैन।त्यसैले हाम्रो भान्सामा प्याज कहिले छुट्दैन।
हामीले चाहे भुटनका रुपमा होस् वा सदालका रुपमा प्याज खाएकै हुन्छौं। प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि फाइदा गर्छ।नियमित काँचो प्याज सेवन गर्दा फाइदै फाइदा छन्।
क्यानसर बाट बचाउँछ–दैनिक रुपमा प्याजको प्रयोग गर्दा प्याजमा हुने क्वेर्सेटिन नामक यौगिक तत्वले क्यानसर लाग्नबाट बचाउन सहयोग गर्दछ ।
रुघाखोकी बाट बचाउँछ–प्याजको रसमा मह मिसाएर खाँदा रुघाखोकी, कफ तथा घाँटी खसखस बाट छुटकारा पाउँन सकिन्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउँछ–भिटामिन सी तथा फाइटोकेमिकल्स पाइने हुनाले यसको सेवनले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँछ ।
कपाल झर्नबाट रोक्छ–प्याजको रस कपालमा प्रयोग गर्नाले कपालको जरालाई मजबुत बनाउँनका साथै कपाल झर्नबाट रोक्छ ।
दुखाई कम गर्छ–काटेको ,वा दुखेको ठाउँमा प्याजको रस लगाउनाले दुखाई कम गर्नुका साथै संक्रमण हुन दिदैँन ।
अपचको समस्या कम गर्छ–प्याज खाँदा शरीरमा पाचक रसको प्रवाह धेरै हुने हुनाले खाना पचाउँन मद्धत गर्दछ ।
रगत बग्न कम हुन्छ–प्याज खानाले बेलाबेलामा नाकबाट बग्ने रगत पनि रोक्न मद्धत गर्दछ ।त्यसैले नाकबाट रगत बग्यो भने काँचो प्याज काटेर सुँघनाले रगत बग्न बन्द हुन्छ ।
कोलेस्ट्रोल कम गर्छ–प्याजमा पाईने एलडीएलका कारण रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिदैँन ।