सुनको मूल्य फेरि बढ्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, गत सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपैयाँमा पुगेको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्