नायिका करिना तनाबमा,१२ करोड रुपैयाँको माग राखेपछि चलचित्रबाटै हटाइयो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २५, बलिउड चलचित्रले हिन्दुहरुको पुरानो धार्मिक ग्रन्थ रामायणमा आधारीत फिल्म बनाउने पक्का भइसकेको छ ।
त्यस्तै उक्त फिल्ममा रामायणका मुख्य पात्र राम, रावण र सिताको भुमिका महत्वपूर्ण हुन्छ ।
फिल्ममा रामको रुपमा महेश बाबू र रावणको रुपमा ऋतिक रोशन देखीने लगभग पक्का भइसकेको छ तर सिताको रुपमा दीपिका पादुकोण र करिना कपुरको चर्चा चले पनि यी दुबै जना सिता बन्ने होडबाट बाहिरीएका छन ।
दीपिका किन खेलिनन् त्यसको यर्थाथ जानकारीमा आएको छैन तर करिनाले अहिले एउटा फिल्मको सरदर ७ करोड जति लिने गरेकी छिन् । तर यो फिल्ममा भने उनले दाम दोब्बर नै बनाईन् ।
१२ करोड रुपैयाको माग गरेपछि निर्माण पक्ष अर्की सिताको खोजीमा जुटेको छ । त्यतिमात्र हैन उनले भरपुर समय पनि दिन नसकेको फिल्म निर्माण पक्षले जनाएको छ ।