नेपाली चलचित्रका महानायक राजेश हमालको जन्मदिन

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, नेपाली चलचित्रका महानायक राजेश हमालको जन्म पाल्पाको तानसेनमा भएको थियो ।

उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ।

राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८–२०१४) रहेको छ।

उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ुसकुन्तलाु मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।

७ बर्ष लामो प्रेम सम्बन्धपछि मधु भट्टराइसँग बिहे गरेर राजेश हमाल विगत केही बर्षदेखि घरयासी जीवनमा बढी व्यस्त छन् । पाली चलचित्रमा सर्वाधिक क्रेज बनाएका नायक राजेश हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

 

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्