अबदेखि खाद्यान्नमा विहान मात्रै २० प्रतिशत छुट दिने

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ ।

शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छुट दिने बताउनु भएको थियो ।

साल्ट ट्रेनिङ कर्पोरेशनले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिएको थियो ।

कम्पनीले दुई किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिनेछ । छुटपछि अब पिठोको मूल्य रु ४४, चिनीको मूल्य रु ६३, नून रु १६, तेल प्रतिलिटर रु १८८ र ग्यास प्रतिसिलिण्डर रु एक हजार १२० मा बिक्री गरिएको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामल) मा २० प्रतिशत छुट दिने निर्णय गरेको बताईएको छ ।

 

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्