आखिर किन छोरीहरूले नै गर्नुप¥यो त बुबाको दाहसंस्कार ?

सहयात्रा टिभी

उदयपुर । जेठ २५, कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले आफन्त र दाजुभाइ नहुँदा सोमबार बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी दाहसंस्कार गरेका छन् ।

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाह–संस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो । दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बालबहादुर बसोबास गर्दै आएका थिए ।

माघ, फागनुदेखि पेटको समस्याले बिरामी परेका बालबहादुर वैशाखदेखि घरमै थलिएका थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयले छुन नचाहेको समाजसेवी राजु मगरले बताए ।

आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले बुबाको दाहसंस्कार र काज-किरिया आफैंले गर्ने निर्णय गरेको कुमारी र भगवतीले बताए । ‘बुबाको हामी आफैंले शवयात्रा गरेर ‘दाहसंस्कार’ गर्‍यौं’ उनीहरूले भने, ‘अब मगर संस्कार संस्कृतिअनुसार ‘काजकिरिया’ पनि गर्छौं ।’ स्थानीय छिमेकी र आफ्ना समुदायको सहयोग रहेको उनीहरूले बताए ।

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्