खोप लगाउने क्रममा गरेको हर्कतले मच्यायो तहल्का (भिडियो सहित)

काठमाडौं । जेठ २५, विश्वभर अहिले कोरोना भाइरसको महामारी फैलिएको छ । मानिसहरु अहिले धमाधम खोप पनि लगाउँदैछन्।
अहिले सामाजिक सञ्जालमा खोप लगाउँदा डराइरहेका धेरै भिडियोहरु देख्न पाइन्छ।
पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा एक युवतीको भिडियो खुब भाइरल हुँदैछ । भिडियोमा उनी खोप लगाउँदा एकदम डराइरहेकी छिन् । खोप लगाउने नर्सले हिन्दीमा बालिरहेकी छिन्।
तर बीचमा उनले नेपालीमा ‘कस्तो बोल्नु त’ भनेर आफ्नो आमासँग कुरा गर्दै बोलेकी छिन् । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चित भएको भिडियो भारतमा नै भएकी नेपाली भाषीको हुनसक्ने बताइएको छ । तर अहिलेसम्म त्यो भिडियो कस्को हो भन्ने कुरा खुलेको छैन।
हेर्नुहोस् भिडियो
MUMMY bhi nahi bolne diya bechari ko!
? pic.twitter.com/2BhDkHAvjt— Harpreet (@CestMoiz) May 22, 2021