हालसम्मकै उच्च विन्दु पुग्यो नेप्से परिसूचक

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, आज(मंगलबार) नेप्से परिसूचकमा रेकर्ड ब्रेक गर्दै ५३ दशमलव ४४ अंकले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार अधिकतम ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

त्यसो त आज ठूला क वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० विन्दुमा पुगेको छ भने होटल तथा पर्यटन, माइक्रोफाइनान्स र लगानीका क्षेत्रहरु ऋणात्मक भएका छन् ।

आज कुल २१८ कम्पनीका ३ करोड ५७ लाख ३७४ कित्ता सेयर १ लाख ४९ हजार ७०८ पटक किनबेच हुँदा कुल १६ अर्ब ९६ करोड १२ लाख ९९ हजार ४० रुपैयाँको कारोबार भएको छ ।

 

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्