अमेरिकाबाट नेपालमा खोप पठाउन पहलः ह्यारी भण्डारी

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, कोरोना महामारीका कारण नेपालले अहिले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक आग्रह गराइदिन पत्र लेखिसकेकी छिन् ।

यो सँगै नेपाललाई खोप उपलब्ध गराउन मेरिल्याण्ड राज्यका जनप्रतिनिधि ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न सहयोगी भूमिका निर्वाह गरेका छन् ।

भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईड व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई औपचारिकरुपमा पत्र लेखेका छन् ।

नेपाली पत्रकारसँग कुराकानी गर्दै भण्डारीले भने, आफू जन्मिएको देशका नागरिकलाई अप्ठ्यारो पर्दा सहयोग गर्न पाउनु आफैंमा गर्वको कुरा हो ।’

यसअघि नेपाललाई खोप उपलब्ध गराउने बिषयमा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा विश्व स्वास्थ्य उपसमिति अध्यक्ष क्रिस, अमेरिकामा रहेका उच्च अधिकारीहरुले भण्डारीको नेतृत्वमा जुम बैठक गरेका थिए ।

नेपालको पर्वत जिल्लामा जन्मिएका भण्डारीले करिव डेढ दशकदेखि अमेरिकी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

उनले अमेरिकी सरकारले उपलब्ध गराएको टीपीएसलाई ग्रिन कार्डको पथमा लैजानका लागि काम गरिररहेको जानकारी दिए ।

टीपीएसका लागि बाइडेन प्रशासनसमेत सकारात्मक रहेकाले नेपाली समुदायले ढोका ढक्ढक्याउनुपर्ने बेला भएको भण्डारीले बताए । यसमा आफूले काम गरिरहेको तर नेपाली समुदायका नेता तथा एनआरएनको संस्थागत सहभागिता आवश्यक रहेको उनले बताए । एजेन्सीहरुको सहयोगमा ।

 

 

 

 

प्रकाशित : 9 June, 2021

प्रतिक्रिया दिनुहोस्