जापानमा एक नेपाली युवाको उपचारका क्रममा निधन

काठमाडौं । जेठ २६, जापानको तोचिगी केन ओयामा सहरमा बस्दै आएका विष्णु प्रसाद पाण्डेको शनिबार बिहान उपचारका क्रममा निधन भएको छ ।
पाण्डेलाई एक्कासी टाउको दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। कुक पेशामा आबद्ध पाण्डे श्रीमती र छोरीसँग जापानमा बस्दै आएका थिए । जापानमा रहेका आफन्तले पाण्डेको दाहसंस्कार आइतबार तोचिगी जापानमा गरिने जानकारी दिएका छन् ।