बासस्थान छाडेर गन्तव्यविहीन यात्रा गरिरहेका हात्तीको यथार्थ (भिडियो सहित)
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २६, चीनमा बासस्थान छाडेर १७ वटा हात्ती १५ महिनादेखि लगातार यात्रारत हात्तीको बथानको चर्चा विश्वभर चलिएको छ ।
बासस्थान छाडेर गन्तव्यविहीन यात्रा गरिरहेका उनीहरू कहाँ जान हिँडेका हुन् ? कसैलाई जानकारी छैन ।
ती हात्तीहरूको तस्वीर चर्चामा आउनुको कारण भनेको लामो यात्राका क्रममा थकाई लागेर जंगलमा सुस्ताउनु हो ।
अहिलेसम्म ५ सय किलोमिटर हिँडिसकेका ती हात्तीहरू थकाई लागेपछि जंगल बिचमा सुतेका थिए । एकअर्काको नजिक रहेर जंगलमा सुतिरहेको अवस्थामा उनीहरूलाई निगरानी गिररहेका चिनियाँ अधिकारीहरूले तस्वीर खिचेको थियो ।
हात्तीको निगरानीका लागि चीनले पाँच सय मानिस खटाएको छ भने हात्तीको २४ घन्टा निगरानीका लागि १४ वटा ड्रोन, ट्रक र ७६ प्रहरी गाडी प्रयोग गरिएको छ । यतिमात्र होइन, हात्तीलाई खुवाउन १८ टन खाना समेत बनाइएको छ ।
फोरेस्ट्री र ग्रासल्यान्डको प्रान्तीय ब्युरोले मंगलबार कुनमिङबाट २० किलोमिटर पर रहेको युक्सी शहरमा हात्तीको बथान पुगेको बताएको छ । बिबिसीका अनुसार अहिलेसम्म हात्तीको यो बथानले मानवीय क्षति गरेको छैन । तर ५६ हेक्टर जमिनमा गरिएको खेतीमा क्षति पुर्याएको छ ।
??? Measures taken to keep migrating #elephants away from residential zones in #Yunnan.
??? #云南 #野象“旅行团”近日一路北迁,有关部门采取措施全力防范象群迁徙带来的公共安全隐患,确保人象安全。
by 吴歌 via CGTN pic.twitter.com/DDfH26nY2b— CCTV Asia Pacific (@CCTVAsiaPacific) June 1, 2021