पारस शाहाकि छोरी पूर्णिकको भिडियो भाईरल, पिताको बारेमा यसो भनिन्

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी जेठी छोरी पूर्णिकको एक भिडियो सार्वजनिक भएको छ ।

मदिरा सेवन गरेर बोलेको जस्तै देखिने भिडिओमा उनले आफ्नो बुबा पारस शाहको बारेमा बोलेकी छिन् ।

पूर्णिका शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि ।’ उनले अधिकांश अंग्रेजी वाक्य बोलेकी छिन् । आफ्नो पिता निश्चल भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’ भिडिओको क्लिक सामाजिक सञ्जालमा चर्चामा छ ।

भिडिओ क्लिप

 

प्रकाशित : 9 June, 2021

प्रतिक्रिया दिनुहोस्