असार १ गतेबाट उपत्यकामा जोर–विजोको तयारीमा सरकार

काठमाडौं । जेठ २६, कोरोनाको दोस्रो लहर काठमाडौं उपत्यकामा संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ ।
सरकारले असार १ गतेदेखि उपत्यकामा जोर–विजोरको तयारी थालेको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर निजीको हकमा भने जोर विजोर गराउनेबारे पनि परामर्श भइरहेको छ ।
निषेधाज्ञाको मोडालिटीको विषयमा २९ गते जेठमा निर्णय हुने समेत बताइएको छ । निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ ।