मुटुमा समस्या देखिएपछि भर्ना भएका मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
सहयात्रा टिभी
काठमाडौं । जेठ २६, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार बिहान डिस्चार्ज भएका हुन् ।
मदनकृष्णका छोरो यमनका अनुसार श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ । एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको हो ।