बङ्गलादेशबाट ३२ हजार ५ सय मेट्रिकटन मल नेपाल भित्रियो

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ ।

सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।

जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ ।

कार्यालयका प्रवन्धक गोरखनाथ केसीले तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको छ । कार्यालयका प्रवन्धक गोरखनाथ केसीले जनाए ।

आउन बाँकि मल भने कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छन् ।

 

 

 

 

 

 

 

प्रकाशित : 9 June, 2021

प्रतिक्रिया दिनुहोस्