नेपालको राष्ट्रिय फूल (लालिगुराँश)को औषधीय महत्व

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो।

लाली गुराँस साधारण तया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिनामा पनि फूलेको देखिन्छ। फूलको रंग रातो हुन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ। यसको पात लामो हुन्छ।

पातको लम्बाई लगभग ५ देखि १० से.मी. सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ।

लालिगुराँस फूल मात्रै हैन औषधीय गुणले पनि भरिपूर्ण छ । यहाँ आज हामी तपाइँलाई यसको औषधीय गुणबारे जानकारी दिँदैछौँ ।

-यसको फूललाई सुकाएर धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फूलको १र१ चम्चा धुलोलाई      मिश्रीपानी वा दूधसँग खानाले स्वर बसेको ठीक हुन्छ ।

-यसले आमाशायमा पनि लाभ पुर्‍याउँछ ।

-यसले रगत सफा राख्छ र जण्डिस रोग पनि ठीक गर्छ ।

-गुराँसको बोक्राको धुलोलाई २र३ चम्चा नियमित मिलाएर ५र६ पटक सेवन गर्नाले पेटका सम्पूर्ण रोगहरु निर्मुल गराउँछ ।

-यसको फूलको रस वा धुलोलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले रक्तअल्पता, आमवात, मधुमेहलाई ठिक गर्दछ ।

साभार: ‘मेरो डाक्टर’ पुस्तकबाट

 

 

 

 

 

 

 

प्रकाशित : 9 June, 2021

प्रतिक्रिया दिनुहोस्