इजरायल माथि पोर्चुगलको सहज जित

काठमाडौं । जेठ २७, पोर्चुगलले मैत्रीपूर्ण खेलमा इजरायललाई ४–० ले पराजित गरेको छ ।
उक्त दुई गोल ब्रुनो फर्नान्डेजको मद्दतमा भएको हो । युरोकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सहज जित हात पार्दा क्रिस्टियानो रोनाल्डो र जाओ कान्सेलोले एक एक गोल थपे ।
रोनाल्डोले खेलको ४४औं मिनेटमा गोल गर्दै पहिलो हाफमा पोर्चुगलको अग्रता दोब्बर पारे ।
त्यस्तै दोस्रो हाफको अन्त्यतिर पोर्चुगलले दुई गोल थप्यो । ८६औं मिनेटमा कान्सेलोले गोल गरे । यस्तै इन्जुरी टाइममा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गरे । युरोकप शुक्रबार देखि सुरु हुँदैछ ।