आजको मौसम जानकारी: सतर्क रहनुहोला !

काठमाडौं । जेठ २७, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा पानी पर्ने छ ।
पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली भएको हो । हाल देशभर सामान्य बदली रहेको छ ।
त्यस्तै केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।