पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, आज बिहान पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा लैनचौरस्थित आफ्नै निवास स्वर्गारोहण भएको छ ।

अधिकारीको दुई छोरा र एक छोरी छन् । निजामती सेवामा लामो अनुभव बटुल्नु भएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो । उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ ।

प्रकाशित : 10 June, 2021

प्रतिक्रिया दिनुहोस्