माइग्रेनको समस्या छ ? अपनाउहोस यस्ता घरेलु उपाय

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । यो टाउको दुखाइको एउटा प्रकार मात्रै हो । सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ ।

टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो । यसमा सबै परीक्षणका रिपोर्ट सामान्य नै आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षणस रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन्छन् ।

के हो माइग्रेन ?
माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ ।

माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ ।

माइग्रेनको पीडा बिरामीले सहन नसक्नेसम्मको पनि हुन्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने र वान्त हुनेसम्म हुन्छ ।

यस्तै आलश्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पुर्याउन सक्छ ।

माइग्रेनबाट बच्ने घरेलु उपाय
पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउँछ । यसबाट मुक्ति पाउने घरेलु उपाय हामी यहाँ बताउँछौं । तुलसीको तेल प्रयोग गर्नुभयो भने माइग्रेनबाट छुटकारा पाउनुहुन्छ । यो तेलले मांसपेशीलाई शान्त बनाउँछ र टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउँछ । लवेन्डरको तेलले पनि माइग्रेन घटाउन मद्दत गर्छ । एउटा कचौरामा ६ कप उम्लेको पानी हाल्नुस् । त्यसमा केही थोपा लवेन्डर तेल हाल्नुस् । अनि यसको बाफ लिनुस् । माइग्रेनबाट मुक्ति पाइन्छ । लवेन्डरको तेल कनपटीमा दल्नुभयो भने पनि आराम पाउनुहुन्छ ।

माइग्रेनमा आरोमा थेरापीले राहत दिनसक्छ । अरोमा थेरापीमा हर्वल तेलको प्रयोग गरिन्छ । यसमा हर्वल तेललाइ निश्चित प्रक्रियाद्धारा हावामा फैलाइन्छ र वाफका माध्यमद्धारा उक्त तेललाई अनुहारमा लगाइन्छ ।

एउटा तौलियालाई तातो पानीमा डुबाएर त्यही तौलियाले केही बेर दुखेको भागमा मसाज गरेको खण्डमा आराम मिल्छ । माइग्रेन भएमा वरफको टुक्रा पनि प्रयोग गर्न सकिन्छ ।

माइग्रेनमा टाउको दुख्ने समस्या भएमा मन्द संगीत सुन्नु फाइदाजनक हुनसक्छ । मधुरो संगीत तथा धुनले मनलाई अन्तै मोड्नुका साथै दिमागलाई शान्त पार्छ ।

माइग्रेन भएमा हल्का हातले टाउको मालिश गर्नु पर्दछ । हातको स्पर्शबाट पाइने आराम औषधीको तुलनामा बढी प्रभावकारी हुन्छ । त्यसैले, माइग्रेनका कारण टाउको दुखेमा काँध तथा गर्दनको मालिस गर्नु पर्छ । यसले दुखाई कम गर्न राहत मिल्छ ।

प्रकाशित : 10 June, 2021

प्रतिक्रिया दिनुहोस्