दिनभरी पानि पर्दा घर ढलेर ११ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २७, मुम्बईमा बुधबार दिनभर पानी पर्दा मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढलेको छ ।
दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ भने बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले बताएका छन् ।
त्यस्तै दुर्घटनापछि अग्नी तथा विपद् नियन्त्रक टोलीले घटनास्थल पुगेर राहत तथा उद्धारको काम सुरु गरेको थियो । तर धेरै जनसंख्या बसोबास गर्ने र सानो बाटो भएका कारण घटनास्थल पुग्नै गाह्रो पयो । सानो बाटोका कारण एम्बुलेन्स, दमकल र जेसीभीलाई पनि घटनास्थल पुग्न समस्या भएको थियो ।
बृहन्मुम्बई नगर निगमले आसपासका तीनवटा भवन पनि खतरनाक स्थितीमा रहेकाले ती सबैलाई खाली गरिएको छ । मौसम विज्ञान विभागले आज पनि घनघोर वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ । एजेन्सीको साथमा ।