यस्ता छन् एक हप्तामै गोरो बनाउने घरेलु उपाय
काठमाडौं । जेठ २७, छालाले शरीरको पूरै भाग ढाकेर राखेको हुन्छ । गर्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले शरीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका समस्या आउन सक्छन् । त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छालामा धेरै असर पर्नसक्छ । धुलोले गर्दा छाला चिलाउने र गहिरो घाउ बनेर दागसमेत बस्ने सम्भावना हुन्छ ।
गर्मीयाममा शरीरमा पानीको मात्रामा कमी हुने गर्छ । यही कारणले गर्दा छालामा चाउरी पर्ने र छालाको चमकसमेत हराउँदै जान्छ । यस्तो अवस्थामा जति नै महँगा सौन्दर्य प्रसाधनका सामग्री प्रयोग गरे पनि फाइदा नहुन सक्छ । त्यसैगरी पार्लरमा गएर छालाको उपचार गराउँदा क्षणिक राम्रो देखिए पनि यसले दीर्घकालीन रूपमा कुनै फाइदा नहुने देखिन्छ ।
त्यसैले जाडो होस् या गर्मी, आफ्नो छालालाई घरमै नियमित हेरचाह गर्यो भने छाला स्वस्थ र चम्किलो हुन्छ । महँगा सौन्दर्य सामग्रीले गर्न नसक्ने काम घरमै पाइने विभिन्न सामग्री र त्यसबाट बनाइएका घरेलु प्याकले गर्न सक्छ । अनुहार गोरो बनाउन विभिन्न घरेलु प्याकहरू बनाउन सकिन्छ ।
चन्दन पाउडर
चन्दनलाई पिसेर अथवा पेस्ट बनाएर विस्तारै छालामा लगाउने गर्नाले यसले छालाको दाग धब्बा हटाई गोरो बनाउँछ ।
गुलाब
गुलाबको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र गोरो बन्छ ।
कागती
कागतीले छालाको रङ हल्का बनाउँछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउँछ । कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेटसम्म अनुहारमा राख्ने र सफा पानीले धुने गर्नाले तपाईंको अनुहार गोरो र चम्किलो बन्छ ।
बेसार
काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईंको छालाको रङमा परिवर्तन ल्याउँछ ।
बेकिंग सोडा
बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।
चामलको पिठो
चामलको पिठो मसिनो गरी पिस्ने र दूधसँग मिसाई पेष्ट बनाउने । अनुहारमा लगाई १५ मिनेटसम्म राखेर पखाल्ने । चामलको पिठो र दूधको मिश्रणले छालालाई गोरो, चम्किलो र स्वस्थ बनाउँछ ।