पूर्वबाट मनसुनको प्रवेश, केही दिनभित्रै भारी वर्षा हुने

काठमाडौं । जेठ २७, जल तथा मौसम विज्ञान विभागका अनुसारनेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिर्दै छ ।
त्यस्तै बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एकरदुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ,’ पौडेलले भने, ‘वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।’ उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।
त्यसैगरी मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।
प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ । एजेन्सीको साथमा ।