कैलालीको सेती अस्पतालमा थप ८६ जनामा संक्रमण

कैलाली । जेठ २७, पछिल्लो २४ घण्टामा कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हालसम्म उक्त अस्पतालमा १ सय ७९ जनाको मृत्यु भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
हाल आईसीयुमा ९ र भेन्टीलेटरमा २ जना रहेको श्रेष्ठले बताए । उनले पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएको जानकारी दिए । त्यसमध्ये ४ जना निको भएका ३ जनाको संक्रमणबाट मृत्यु भएको उनले बताए ।