जीप दुर्घटना हुँदा एकजनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
डोटी । जेठ २८, डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
![](https://sahayatratv.com/wp-content/uploads/2020/06/jeep-accident-e1593508603178.jpg)
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप ००१००१ च २६१५ नंको महिन्द्रा बोलोरो जीप आज बिहान करिब ४ बजेर ४५ मिनेट अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसी दुर्घटना भएको हो।
कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ। यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
त्यसैगरी घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।