वरिष्ठ अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, बलिउडका दिग्गज अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएको फैजल फारुकीले सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् ।

उनले लेखेकी छन्– ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थनाले दिलीप साहब अस्पतालबाट घर फर्किएका छन् ।’

कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो ।

कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले ‘ज्वार भाटा’, ‘अन्दाज’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल ए आजाद’, ‘गंगा जमुना’, ‘क्रान्ति’, ‘कर्मा’ र ‘सौदागर’ जस्ता ५० भन्दा बढी बलिउड फिल्ममा काम गरेका छन् ।

उत्कृष्ट अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डमा ८ पटक बेष्ट अभिनेताको सम्मान, हिन्दी फिल्मको सबैभन्दा ठुलो सम्मान ‘दादा साहेब फाल्के अवार्ड तथा भारत सरकारले २०१५ मा पद्य भुषण पनि दिइएको थियो ।

 

प्रकाशित : 11 June, 2021

प्रतिक्रिया दिनुहोस्