कोरोनाका कारण युट्युब स्टार भुवन बामले गुमाए आमा बुबा

काठमाडौं । जेठ ३०, युट्युब स्टार भुवन बामले कोरोना संक्रमणबाट आफ्ना आमा बुबा गुमाएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो जीवनको महत्पूर्ण दुई हीरा गुमाएको जनाएका छन्।
‘कोभिडका कारण मैले आफ्नो दुबै “लाइफलाइन” गुमाए। आमा बुबा बिना केही पनि पहिलेजस्तो हुने छैन। एक महिनामै घर, सपना सबैकुरा तहसनहस भयो। फेरि सुरुदेखि मैले बाँच्नुपर्छ,’ भुवन बामले भावुक पोष्ट इन्स्टाग्राममा लेखेका छन्।
युट्युब स्टारसँगै बलिउड अभिनेता आयुष्मान खुराना, राजकुमार रावलगायतले उनलाई सहानुभूति दिएका छन्।