आज युरोकपमा तीन खेल हुँदै, कुन टिम को सँग भिडदैं ?

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, युरोकप फुटबलमा आज राति पनि तीन वटा खेल हुने भएका छन् ।

नेपाली समय अनुसार पौने सात बजे इंग्ल्याण्ड र क्रोएशियाको खेल हुदैछ ।

त्यस्तै इंग्ल्याण्डलाई युरोको उपाधि दावेदार टिमको रुपमा हेरिएको छ भने २०१८ मा क्रोएशिया विश्वकपमा उप विजेता भएको टिम हो ।

इंग्ल्याण्ड र क्रोएशिया अहिलेसम्म दशपटक खेल्दा इंग्ल्याण्डले पाँच पटक जित हात पारेको छ भने क्रोएशियाले तीन पटक नतिजा आफ्नो पक्षमा पारेको छ ।

यसैगरी राति पौने ९ बजे अस्ट्रिया र नर्थ मेसेडोनिया आमने सामने हुने छन् भने राति पौने १ बजे नेदरल्याण्ड्स र युक्रेनबीचको खेल हुनेछ ।

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्