तीर्थयात्रीका लागि यसपालि ६० हजारलाई मात्रै अनुमति दिने साउदी सरकारको निर्णय

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, साउदी अरबले यो पालिको हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड सिमित गरी तोकेको छ ।

मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको छ ।

हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीमा उल्लेख गरीएको छ ।

आउँदो जुलाईको मध्यदेखि सुरु हुने हज यात्रामा मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउने छन् जसमा कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ ।

यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको बताईएको छ ।

 

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्