ग्यास बिस्फोटनहुँदा १२ जनाको मृत्यु, सयौं घाइते

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोट भएको छ ।

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे भएको उक्त बिस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् ।

 

 

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्