होम डेलिभरी र ईकमर्श सेवा असार १ गतेदेखि सहज होला त ?

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।

निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बस्न लागेको हो ।

नयाँ समयावधि थप भएसँगै ईकमर्श र होम डेलिभरी सेवा खुला गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक राज भट्टले होम डेलिभरी खुला गर्ने बारेमा सकारात्मक रहेको बताएका थिए ।

उनकाअनुसार यसको लागि सेवा प्रदायकहरुले मापदण्ड र स्वास्थ्य सुरक्षा भने पालना गर्नुपर्नेछ ।

त्यसैगरि सर्वोच्च अदालतले पनि अन्तरिम आदेश जारी गर्दै होम डेलिभरी सेवा र ईकमर्श सेवालाई नरोक्नु भन्ने आदेश दिएको थियो ।

 

 

 

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्