‘रामायण’ मा रावणको भूमिका निभाउने ऋतिकको लुक डिजाइन गर्न अवतारको कस्ट्युम टिम
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ ३०, प्रोड्युसर मधु मंटेनाको ‘रामायण’लाई लिएर निकै चर्चा भइरहेको छ ।
फिल्ममा अभिनेता ऋतिक रोशनले रावणको भूमिका निभाउने भएका छन् भने अभिनेत्री दीपिका पादुकोणले फिमेल लिड निभाउने चर्चा भइरहेको छ कुनै पनि आधिकारिक घोषणा भने गरिएको छैन ।
त्यस्तै फिल्ममा ऋतिक रोशनको कस्ट्युम डिजाइनका लागि मेकर्सले यूएस बेस्ड कस्ट्युमको टिमसँग कुराकानी गरिरहेको छ । यस कस्ट्युम टिमले हलिउड साइन्स फिक्शन फिल्म अवतारको लागि कस्ट्युम डिजाइन गरेको थियो ।
फिल्मको कुरा गर्नुपर्दा फिल्म थ्रीडीमा सुट गरिनेछ भने फिल्मलाई हिन्दी, तमिल, तेलेगुलगायतको भाषामा रिलिज गरिनेछ । यस फिल्मको बजेट ५०० करोड भारु रहेको बताइएको छ ।