खोप लगाएपछि व्यक्तिको शरीर चुम्बक बन्यो, यसमा कतिको सत्यता छ त ?

काठमाडौं । जेठ ३०, विश्वमै फैलिएको कोरोना महामारी विरुद्धको खोप लगाउने अभियान हाल चलिरहेको छ ।
खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने यस्ता घटना सुनिँदै आएको छ ।
तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो ।
नेपालमा पनि चार दिन अघि मात्र भेरोसेलको पहिलो डोज खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चुम्बक जस्तै भएको छ ।
मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले आफ्नी फुपु संगिताको शरीर चुम्बकजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।यस्ता भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर यसबारे थप अनुसन्धान हुन बाँकी छ ।