यस्ता छन् फूड पोइजन हुनुका कारण र घरेलु उपाचरहरु
काठमाडौं । जेठ ३१, फूड पोइजन हुनुलाई हामीले हर पानी र खानालाई मानेका छौं तर यो मात्र नभई हात नधोइ खाना खानाले पनि फूड पोइजन हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
आजकाल पैसाको लालचमा होटलहरूमा बासी सडेगलेको खाना दिनाले पनि फूड पोइजन हुने गरेको धेरै पाइन्छ । हामीले खाने खाना पानी दुस्खित छ भने पनि हामीलाई फूड पोइजन हुने सम्भावना वढी देखिएको छ ।
फूड पोइजन हुनुका कारणहरु:
१. फोहर पानी
२. बासी खाना
३.पानीको टंकी सफा नहुनु
४. खाना फोहर पानीमा पकाउने गरेमा
५. पकाएको खाना फ्रिजमा राखेर खाने गरेमा
६. बासी अचार खाने गरेमा
७. नढाकेका खाना खाने गरेमा
८. खाना खानु अगाडि हमेसा हात सावुन पानीले हात धोएर मात्र खाना खाने बानी नभएमा
९. बासी मिठाई खाएमा
१०. यदि बन्द डब्बामा खाना छ भने एक्पायर भए नभएको एकिन नगरी खाएमा
फूड पोइजनको सामान्य उपचार:
१. प्रशस्त पानी पिउने
२. मर मसलायुक्त खाना सके सम्म नखाने
३. तारेका खाना बाट बच्ने
४. सफा पानी प्रयोग गर्ने
५. तुलसी, जीरा, सौंफ, धनिया जस्ता औषधि प्रयोग गरेमा फूड पोइजन निको गराउन सकिन्छ
६. फूड पोइजन हो भन्ने थाहा भएमा स्वास्थ्य समस्थामा रिफर गरेर उपचार गराउने बानी बसालेमा समएमा यसको समस्या समाधान गर्न सकिनेछ ।