भारतमा २४ घण्टामा ६८ हजार कोरोना संक्रमित
सहयात्रा टिभी
काठमाडौं । जेठ ३१, कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको संख्यामा कमि आएको छ ।
भारतमा दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा ६८ हजार ४०० जनामा संक्रमण भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९५ लाख ७ हजार ४३८ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ९ लाख ८४ हजार १७४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिनमा १ हजार ७ ६१ संक्रमितको मृत्यु भएको छ ।