आज पनि सुनको मूल्यमा गीरावट

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, नेपाली बजारमा सुनको मूल्यमा आज पनि घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो । आइतबार पनि सुनको मूल्य तोलामा ६ सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १३६५ रहेको महासंघले बताएको छ ।

 

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्