पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं । जेठ ३१, पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल स्वास्थ्यमा आएको समस्याका कारण सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
हाल उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।