घरमा यस्ता बिरुवा राख्नाले पैसाको बर्षा हुनेछ

काठमाडौं । जेठ ३१, रूखमा पैसा फल्छ र ? यो भनाई तपाइ हामी धेरैले सुनेका छौं । तर वास्तुशास्त्रमा त्यस्ता रूख र बोटहरू बताइएको छ, जसले घरमा पैसा बढाउन सहयोग गर्दछ ।
आज हामी तपाईंलाई त्यस्ता रूख र बोटहरू बताउँदैछौं जसले तपाईंको घरमा पैसाको ओईरो लाग्नेछ ।
मनी प्लान्टका बोटहरू लामो समयदेखि सबैका लागि मनपर्दो बोटका रूपमा देखिएका छन् । मनी प्लान्टलाई इग्निस कोणमा राख्न उपयुक्त ठानिन्छ ।यस दिशामा राख्दा यो राम्रो फल्छ र फुल्छ पनि । घरमा मनी पलान्टका बिरूवाहरू राख्ने गर्नाले तपाईंको घरमा पैसाको कहिल्लै पनि कमी हुँदैन ।
त्यस्तै शमी रूख वस्तुको हिसाबले धेरै विशेष मानिन्छ । शमी रूख शंकरजीको सबैभन्दा प्रिय मानिन्छ । यस्तो विश्वास गरिन्छ कि घरमा शमी रूख रोप्नाले सम्पूर्ण गरिबी हटेर जान्छ ।