नेपाली चेली अंशु बेलायती सेनाको पहिलो क्याप्टेन

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२२ भुम्दीकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् । हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् ।

अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकि कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् । उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।
-एजेन्सी

 

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्