नायिका मनिषा कोईरालाद्धारा प्रहरीलाई सहयोग

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई उहाँले ४ हजार थान मास्क, ४ हजार थान फेस सिल्ड र १ हजार थान स्यानिटाईजर लगायतका सामग्री हस्तान्तरण गर्नु भएको हो ।

सामाजिक संजाल फेसबुक पेज मार्फत कोईरालाले कोरोना महामारीमा मद्दत र उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रहरी र सामाजिक अभियन्ताहरूलाई धन्यवाद समेत दिनु भएको छ ।

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्