आज शेयरमूल्य बढ्ने १२ कम्पनी यी हुन्

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी आज ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिइडिबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, युनियन हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, सोल्टी होटल र हिमालयन डिस्ट्रिलरी लिमिटेडको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्