दश महिनामा ८ खर्बभन्दा बढि रेमिट्यान्स भित्रियो

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, चालु आर्थिक वर्षको १० महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गएको वर्षको पहिलो १० महिनाको तुलनामा यो रकम १९ दशमलव दुई प्रतिशतले धेरै हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार अमेरिकी डलरमा पनि रेमिट्यानस १६ दशमलव एक प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

१० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति नयाँ लिने नेपालीको सङ्ख्या ६० दशमलव ३ प्रतिशतले घटेको छ ।

त्यसैगरी रेमिट्यान्स बढे पनि नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको छ । एजेन्सीको साथमा ।

 

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्