आज सातै प्रदेशले बजेट ल्याउँदै, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

सहयात्रा टिभी

काठमाडौँ । असार १, आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सातै प्रदेशले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

गण्डकी र कर्णाली प्रदेश बाहेकका पाँच प्रदेशले नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचारलगायतका विषयलाई प्राथमिकतामा राखेकाले बजेट पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आउनेछ ।

प्रदेश सत्ता समीकरणमा भएको बदलावले नीति तथा कार्यक्रम पारित गरिनसकेका गण्डकी र कर्णालीले पनि आजै नीति तथा कार्यक्रम पारित गरेर अपराह्न ४ बजेसम्म बजेट ल्याउने तयारी गरेका छन् ।

आइतबार नीति तथा कार्यक्रम पास गरेको लुम्बिनी प्रदेश प्रदेश सरकारले ३८ अर्ब हाराहारीमा बजेट ल्याउँने तयारी गरेको छ ।

प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट ल्याइसकेका मुख्यमन्त्री शंकर पोखेरेलले आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइँने जनाएका छन् ।

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्