सुशान्तको सम्झनामा रियाको यस्तो भावुक स्ट्याटस

सहयात्रा टिभी

काठमाडौं । असार १, बलिउड अभिनेत्री रिया चक्रवर्तीले सुशान्तले आत्महत्या गरेको हिजो एक वर्षको दिनमा उनको सम्झनामा भावुक स्ट्याटस लेखेकी छन् ।

उनले लेखेकी छन्, “तिमी यहाँ नभएको विश्वास दिलाउने कुनै पल नै छैन । मानिसहरु सबै कुरा समयसँगै ठिक हुन्छ भन्छन् तर मेरो सबै समय नै तिमी थियौ । तिमी मेरो अभिभावक हौ । तिमीले मलाई चन्द्रमाबाट टेलिस्कोपको सहारामा हेरिरहेका छौ र रक्षा गरिरहेका छौ ।”

उनले लेखेकी छन्, “तिमी बिना जिन्दगी नै छैन । तिमी जिन्दगी नै आफूसँग लिएर गयौ । यो खाली पन कसैले भर्न सक्दैन । तिमी बिना म एक्लै भएकी छु । मेरो स्वीट सनशाइन ब्वाइ, म तिमीलाई हरेक दिन मालपुवा दिन र क्वान्टम फिजिक्सको सबै किताब पढ्ने बाचा गर्छु । कृपया तिमी फर्केर आउ ।”

रियाले अगाडि लेखेकी छन्, “म हरेक दिन तिमी आउने पर्खाइमा बस्छु । म तिमीलाई हरेक ठाउँमा देख्छु । यो पीडाले मलाई हरेक दिन टुक्र्याउँछ । तिमी यहाँ नभएको आभासले मलाई निकै पीडा दिन्छ ।”

 

 

 

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्